साथै, सन् २०४५ सम्मको जनसंख्या अनुमान गर्ने प्रक्षेपण आधार रेखा भने सन् २०१० को राष्ट्रिय जन गणनाको नतिजालाई बनाइएको छ । सन् २०१० को जन गणना अनुसार फिलिपिन्सको कूल जनसंख्या नौ करोड तीस लाख मात्र थियो । रासस /सिन्ह्वा सन् २०४५ सम्म फिलिपिन्सको जनसंख्या १४ करोड माथि पुग्ने
मनिला/सन् २०४५ सम्म मुलुकको जनसङ्ख्या १४ करोड २० लाख भन्दा बढी हुने फिलिपिन्सको राष्ट्रिय तथ्याङ्क प्राधिकरण (पिएसए) ले आज जनाएको छ ।
पिएसएले गरेको जनसङ्ख्या प्रक्षेपणमा औसत वार्षिक बृद्धिदर सन् २०१० देखि २०१५ सम्म एक दशमलब त्रिहत्तर प्रतिशत छ भने सो औसत वार्षिक बृद्धिदर ओरालो लाग्दै गई सन् २०४० देखि २०४५ सम्म शुन्य दशमलब पैंसाठ्ठी प्रतिशत सम्ममा झर्नेछ ।
उक्त औसत वार्षिक बृद्धिदरको अङ्क गणना प्रयोजनार्थ समग्र फिलिपिन्सलाई उच्च तथा न्यून जनघनत्वलाई आधार मानी क्रमशः उत्तरी क्षेत्र वा कालाबार्जोन, राष्ट्रिय राजधानी क्षेत्र, मध्य लुजोन क्षेत्र, पश्चिमी भिसायस क्षेत्र, मध्य भिसायस क्षेत्र र कर्डिलेरा प्रशासनिक क्षेत्र समेत गरी ६ वटा खण्डमा विभाजन गरेर प्रक्षेपण विधि अपनाइएको थियो ।
साथै, सन् २०४५ सम्मको जनसंख्या अनुमान गर्ने प्रक्षेपण आधार रेखा भने सन् २०१० को राष्ट्रिय जन गणनाको नतिजालाई बनाइएको छ । सन् २०१० को जन गणना अनुसार फिलिपिन्सको कूल जनसंख्या नौ करोड तीस लाख मात्र थियो । रासस /सिन्ह्वा
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
साथै, सन् २०४५ सम्मको जनसंख्या अनुमान गर्ने प्रक्षेपण आधार रेखा भने सन् २०१० को राष्ट्रिय जन गणनाको नतिजालाई बनाइएको छ । सन् २०१० को जन गणना अनुसार फिलिपिन्सको कूल जनसंख्या नौ करोड तीस लाख मात्र थियो । रासस /सिन्ह्वा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























