द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति प्रदान
धनकुटा/धनकुटाका नौ जना विद्यार्थीलाई द्वन्द्वपीडित छात्रवृत्ति प्रदान गरिएको छ । सशस्त्र द्वन्द्वको समयमा अभिभावक गुमाएका विद्यार्थीलाई छात्रवृत्तिबापत रु एक लाख १६ हजार वितरण गरिएको जिल्ला शिक्षा कार्यालय धनकुटाले जनाएको छ ।
छात्रवृत्ति पाउने विद्यार्थीमा निमावि तहका छ जना, मावि तहका दुई जना र उच्च माविका एक जना छन् । द्वन्द्वपीडित छात्रवृत्तिअन्तर्गत निमावि तहतर्फ रु १२ हजार, मावि तहतर्फ रु १४ हजार र उच्च मावि तहतर्फका विद्यार्थीलाई रु १६ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको शिक्षा कार्यालयका शाखा अधिकृत तीलचन भण्डारीले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































