विजयपुर/ स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीका कर्मचारीहरुले राष्ट्रिय स्वास्थ्य नीति–२०७० लाई इमान्दारीतापूर्वक पालना गर्ने हो भने बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जनतालाई सेवा प्रवाह र प्रशासनिक कार्य गर्नुपर्छ । तर कुनैपनि स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीले यो नीति र निर्देशनलाई पालना गरेका छैनन् । ब्लाष्टले सुनसरीका केही संस्थाहरुको अनुगमन गर्दा कार्यालय समय अर्थात् राष्ट्रिय स्वास्थ्य नीतिले तोकेको समयअनुसार सेवा दिएको पाइएन ।

prakashpur-medical प्रकाशपुर, भरौल र चक्रघट्टीका स्वास्थ्य चौकीहरुमा आइतबार ब्लाष्टले गरेको अनुगमनका क्रममा सबै स्वास्थ्य चौकी दिउँसोको दुई बज्न नपाउँदै बन्द गरेर हिँडेको पाइएको थियो । त्यतिमात्र हैन, आप्mनो कार्यालय समयमा स्वास्थ्य चौकीका अहेबहरु निजी क्लिनिकमा काम गरिरहेको अवस्थामा भेटिएका थिए । चौकीका स्वास्थ्यकर्मी र कर्मचारीको मनपरीको सास्ती सर्वसाधारणले खेप्नु परेको छ । सरकारी स्वास्थ्य कार्यालयबाट पाउनु पर्ने स्वास्थ्य सेवा पाउनबाट स्थानीयहरु वञ्चित हुन पुगेका छन् । सरकारी सेवा प्रवाह सम्बन्धी निर्देशिकामा स्पष्ट भनिएको छ, ‘कुनैपनि सरकारी पद धारण गरेको कर्मचारीले कार्यालय समयमा अन्यत्र काम गर्न पाइने छैन ।’ उदाहरणको रुपमा लिइएका चक्रघट्टी, भरौल र प्रकाशपुरमा रहेका स्वास्थ्य चौकीका कर्मचारीले निर्देशिका मान्नु त कता हो कता, पदीय मर्यादा समेत ख्याल नगरी अवैध क्लिनिकहरुमा काम गर्ने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले अघिल्लो आर्थिक वर्षदेखिनै सम्पूर्ण स्वास्थ्य संस्थालाई बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रवाह गर्न निर्देशन दिएको छ । मन्त्रालयले पठाएको निर्देशनमा अपराह्न ३ बजेसम्म बिरामी हेर्ने र बाँकी समय प्रशासनिक कार्य गर्न भनिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले पनि मातहतका कार्यालयहरुलाई पत्रनै पठाएर स्वास्थ्य संस्थाहरु साँझ ५ बजेसम्म खुल्ला राख्न र सेवा प्रवाह गर्न निर्देशन नै दिएको थियो । तर कुनैपनि स्वास्थ्य संस्थाले माथिल्लो निकायको निर्देशनको धज्जी उडाउँदै सरकारी निर्देशन र अधिकारीको आदेशलाई ठाडो चुनौती दिइरहेका छन् । सुनसरीको चक्रघट्टीस्थित स्वास्थ्य चौकीका प्रमुख रामशरण मण्डलले २ बजेनै कार्यालय बन्द गर्न आपूmलाई निर्देशन आएको बताए । ‘आउने बिरामीलाई दिने औषधि छैन, त्यसकारण २ बजे नै बन्द गर्न निर्देशन आएको छ’, मण्डलले भने । उनले यति भनिरहँदा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख डिल्लीरमण अधिकारीले भने आपूmले सबै कार्यालय साँझसम्म खुल्ला राख्न लिखितै निर्देशन दिएको बताए ।

स्वास्थ्य चौकी चक्रघट्टीका सिनियर अहेब वेदनारायण रायले त दुई बजेपछि कार्यालयमा बस्ने नियमनै नभएको बताए । आइतबार उनी कार्यालयमा हाजिर गरेर आप्mनो व्यक्तिगत काममा गएका थिए । कार्यालय समयमा निजी काममा हिँड्दा बेइमानी भएन र भनी संवाददाताले जिज्ञासा गर्दा उनले धम्कीपूर्ण भाषा प्रयोग गर्दै भने, ‘जिल्लाको स्वास्थ्य प्रमुख र सिडिओले त मलाई केही गर्न सक्दैनन्, तपाई कोहो मलाई सोध्ने ?’ कार्यालय खुल्ला राख्न निर्देशन स्वास्थ्य संस्थाको बेथितिका बारेमा ब्लाष्टले नियमित समाचार प्रकाशन गरेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले चक्रघट्टी, भरौल र प्रकाशपुरका स्वास्थ्य चौकीहरुलाई बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन गर्न निर्देशन दिएका छन् । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले सरकारी निर्देशन नमान्ने जोकोहीलाई पनि कारवाही गरिने बताए । आपूmले जिल्ला स्वास्थ्य कार्यालयलाई जनताका गुनासा र मिडियामा आएका समाचारको विषयमा तत्काल एक्सन लिन निर्देशन दिएको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले आपूmले सबै स्वास्थ्य संस्थाका प्रमुखहरुलाई कार्यालय खुल्ला राख्न र सेवा प्रवाह गर्न निर्देशन दिएको बताए । क्षेत्रीय प्रशासन कार्यालय धनकुटाका उपक्षेत्रीय प्रशासक सेवन्तराज दाहालले कार्यालयमा सेवा नगर्ने र धम्कीको भाषा बोल्ने कर्मचारीलाई कारवाही गरिने बताए । ‘म भोलिनै यसका लागि निर्देशन दिन्छु’, उनले भने । अहेबलाई तीनदिने स्पष्टीकरण यसैबीच बिनाजानकारी बिदा बस्ने गरेको र अवैधरुपमा रिमा पोलिक्लिनिक सञ्चालन गर्ने प्रकाशपुरस्थित स्वास्थ्य चौकीका सिनियर अहेब माधवप्रसाद साहलाई जिल्ला स्वास्थ्य कार्यालयले तीन दिनभित्र लिखित जवाफ दिनेगरी स्पष्टीकरण सोधेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले समाचारको विषयमा तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको बताए । स्पष्टीकरण आएपछि थप कारवाही अघि बढाउने उनले बताए ।