उद्घोषद्वारा पत्रकार र सहित्यकार पुरस्कृत
पथरी (मोरङ)/युवा प्रतिभा पुरस्कारबाट पत्रकार महाप्रसाद खतिवडालाई सम्मान गरिएको छ ।
स्थानीय उद्घोष दैनिकको १२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार दिउँसो विराटनगरमा आयोजित कार्यक्रममा पत्रकार खतिवडालाई १५ हजार रुपैयाँ नगद र सम्मानपत्रले पुरस्कृत गरिएको हो । उनलाई प्रमुख अतिथि पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले युवा प्रतिभा पुरस्कारबाट सम्मान गरे । खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।
सो अवसरमा इटहरीकी गजलकार टीका आत्रेयलाई रु १० हजार नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।
वार्षिकोत्सव कार्यक्रममा पूर्वअर्थमन्त्री अधिकारीले स्थानीय पत्रपत्रिका र टेलिभिजनले समाजको अवस्था दर्शाउनेदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय खबरलाई जनताकामाझ लगेर सुसूचित गर्ने कार्य गरेको बताए । पत्रिकाका सम्पादक मोहन भण्डारीको अध्यक्षता सो कार्यक्रम सम्पन्न भएको थियो । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































