धरान/धरानका शैव श्रेष्ठले इण्डिया इनडिपेन्डेन्स कप इन्टरनेशनल करातेमा स्वर्ण पदक जितेका छन् । ६ वर्षको उमेरदेखि नै करातेमा रुची भएका श्रेष्ठले वेष्ट बंगालबाट भाग लिँदै आफ्नो तौल समूहमा स्वर्ण पदक हात पारेका हुन् । karate उनी हाल कालेङपुङ स्थित वृद्धाबवन सेकेण्डरी स्कुलमा कक्षा ७ मा अध्ययरत छन् । उनी सिक्किमको गान्तोकमा २८ देखि २९ मे मा सम्पन्न अल इन्डिया वाडोकाई करोड च्याम्पियसीपमा आफ्नो उमेर समूहमा दोस्रो हुँदै च्याम्पियनसीपमा भिडन्त गरेका थिए । प्रशिक्षक सुसन थापाका अनुसार तीनजना गोल्डमेडलिष्ट भएका थिए ।   उक्त च्याम्पियनसीप खेलमा ६ देशका ९५ वटा टिम सहभागी भएका थिए । स्वर्ण पदक विजेताहरुलाई कालेङपुङको स्पोर्टस् एसोसिएनले भव्य स्वागतसमेत गरेको छ । उनी अध्ययरत स्कुलमा पनि सम्मान तथा बधाई ज्ञापन गरेको श्रेष्ठका पिता विशाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार धरानमा ढेडवर्ष कराते प्रशिक्षण लिएका थिए ।