धरान/खुट्टाको चोटका कारण बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले विश्वकप छनौट अन्तर्गतको दोस्रो खेल गुमाउने भएका छन् । messi कोपा अमेरिकामा चिली विरुद्धको फाइलन खेलमा पेनाल्टी चुकाएपछि सन्यास लिएका मेसीले पहिलो खेलमा उरुग्वे विरुद्ध निर्णायक गोल गरेका थिए । तर, भेनेजुएलासँग हुने दोस्रो खेल भने चोटकै कारण गुमाउँदै छन् ।   यही मंगलबार हुने खेलमा उनी देखिने छैनन् । बेन्चमा रहने उनले खेल भने हेर्ने छन् । अर्जेन्टिनी प्रशिक्षक बौजाले मेसीलाई खेलाएर जोखिम मोल्न नचाहेको प्रतिक्रिया दिएका छन् । किनभने उनी चोटग्रस्त भएकाले थप समस्या निम्तिन सक्ने भन्दै उनलाई रेष्ट दिन लागेका हुन् ।   अहिलेसम्म १८ खेल मध्ये अर्जेन्टिना दक्षिण अमेरिकामा शिर्ष स्थानमा छ । उरुग्वे, कोलम्बिया, र इक्वेडरको समान १३ अंक रहेको छ भने ब्राजिल पाँचौ स्थानमा छ । जसले १२ अंक जोडेको छ ।