
युएई / संयुत्त अरव इमिरेट्स युएईको आबुधाबीमा कार्यरत एक नेपालीले ठुलो धनराशीको भाग्य चिठ्ठा जितेका छन् । नेपाली नागरिक रामकृष्ण भण्डारी (पूर्ण ठेगाना पहिचान नभईसकेका) ले बिग टिकट भाग्य चिट्ठामार्फत १० लाख अमेरिकी डलर अर्थात १० करोड ७० लाख नेपाली रुपैयाँ पाएका हुन् । सोही चिठ्ठामार्फत दार्जि्लिङ स्थायी ठेगाना भएका नेपाली मुलका भारतीय नागरिक अङ्गतकुमार कर्कचन्द्र राइलेले नवौ पुरस्कार स्वरुप ५ हजार अमेरिकी डलर पाउनु भएको छ । नेपालको पूर्ण ठेगाना नखुलेका रामकृष्ण भण्डारीले भने पहिलो पुरस्कार स्वरुप १० लाख अमेरिकी डलर पाउनु भएको हो । सेप्टेम्बर ५ मा लक्की ड्रमार्फत खोलिएको चिठ्ठाबाट उहाँहरु विजेता बन्नु भएको हो । सार्वजनिक नतिजा अनुसार १० जना भारतीय, २ जना फिलिपिनो , १ पाकिस्तानी एक जना जिम्बावेका नागरिकलेसमेत चिठ्ठा जितेका छन ।