बेलबारी /ब्रेन ट्युमरको कारण भारतको दिल्लीमा उपचार गरिरहेका मोरङ बेलबारी ४ लालभित्ती निवासी सलिम धिमालको उपचारको लागि आवश्यक रकम जुटाउने प्रण गर्दै आएका लालभित्ती युवा समुह लक्ष्यमा पुग्न सफल भएको छ । समुहले १६ लाख संकलन गर्ने संकल्प गरेको थियो । सलिमको उपचारको लागि विहीवार सम्ममा १६ लाख नाघेको लालभित्ती युवा समाजका अध्यक्ष पे्रम राईले बताए । सानिमा बैंकमा १५ लाख ५९ हजार ६० रुपैया र राष्ट्रिय वाणिज्य वैंकमा ३८ हजार रहेको अध्यक्ष राईले बताए ।
अरु थप ६० हजार रुपैया जम्मा गर्न बाँकी रहेको उनले बताए ।उता विरामीको उपचारका लागि अहिले सम्म ५ लाख पठाएका छन् । तीन लाख गंगाराम अस्पतालको नाममा र दुई लाख हुण्डीबाट विरामीकी आमालाई पठाएको अध्यक्ष राईले बताएका छन् ।सलिमको उपचार सहयोगका लागि बुधवार मात्रै नवयुवा क्लब लखनपुर १ झापाबाट ४१ हजार ६ सय ३५, मोरङ सुन्सरी सेवा समाजबाट ८५ हजार ९ सय ४२, शिक्षा सन्देसका विद्यार्थीबाट ८हजार ८ सय १६, शिक्षा सन्देश ईंलिश स्कूल मार्फत अष्ट्रेलिया ग्रुपले २ लाख ६ हजार २ सय ६४ रकम सहयोग संकलन समितिको अगुवाई गर्ने लालभित्ती युवा समुहलाई हस्तान्तरण गरेको छ ।
शिक्षा सन्देश ईंलिश स्कूलको सभाकक्षमा रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरि सो रकम हस्तान्तरण गरेको छ । कार्यक्रममा मोरङ सुनसरी सेवा समाजका अध्यक्ष बद्रीप्रसाद विमली,सल्लाहकार गोकुल थापा,स्कूलका प्रिन्सिपल राजेश खत्री,युवा समाजसेवी कृष्ण गुरुङ,राजनीतिकर्मी घनश्याम गौतम,सलिमका अभिभावक लगायतको उपस्थिति रहेको थियो । समाजले यस अघि पनि ३६ हजार रकम हस्तान्तरण गरेका थिए । उता अष्ट्रेलियाबाट पठाएको रकम स्कूलका अध्यक्ष लक्ष्मणजंग थापाले हस्तान्तरण गरेका थिए ।
सो रकम अभियान टोलीका प्रेम राई र तुलशी ढकालले बुझेका छन् । त्यसैगरी बेलबारीका जयन्ती राईले २ हजार २५, अमेरिकामा रहेका ममता चौधरी राई र खड्गबहादुर राईबाट १० हजार, धन कुमार राईबाट ५सय, भुमिहिन सुकुम्बासी संगठन बेलबारीले ६ हजार ५ रुपैया र फाईट साप्ताहिका व्यवस्थापक अर्जुन राईको संयोजनमा १२ हजार २५ रुपैया रकम हस्तान्तरण भएको छ ।उता सलिमका अभिभावकले सलिमको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आाएको र अभियान टोलीले पठाएका रकम प्राप्त गरेको बताएका छन् ।