विजयपुर/नेपालमा भर्खरै मात्र प्रवेश गरेको  सेपाकटेक्रो खेलको सुनसरी जिल्ला संघ गठन भएको छ । आइतवार धरानमा भएको भेलाले विरेन्द्रविक्रम लिम्वुको अध्यक्षतामा १४ कार्यसमिती गठन गरेको हो ।

[caption id="attachment_13626" align="aligncenter" width="1024"]IMG_9029 तस्विरः विकास चाम्लिङ राई[/caption]

राष्ट्रिय खेलकुद विकास समिती अन्र्तगत रहेको सुनसरी जिल्ला खेलकुद विकास समिती अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी धनप्रसाद राई र कार्यलय प्रमुख तथा सचिव कुमार पोख्रेलको उपस्थितीमा समिती गठन भएको थियो । समितीको उपाध्यक्ष दिनेशकुमार गुरुङ्ग, सचिव डम्वर राई, सहसचिव धिरेन्द्र लिम्वु, कोषध्यक्ष धनवहादुर घले चयन भएका छन् ।

त्यस्त सदस्यहरुमा रेखा गुरुङ्ग, विन्दु सुनुवार, सविता राई, विकास राई, रमेश राई, कालुराम गुरुङ्ग, दिनेस रसाइली, डिकि वस्नेत, मनिकुमार तामाङ्ग रहेका छन । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत असोज ८ गते देखि पूर्वाञ्चलमा आयोजना हुन लागेको ३२ वटा खेलमा सेपाकटेक्रो पनि रहेको छ ।

तत्काल खेलाडिहरुको जिल्ला छनौट गरि सातौ राष्ट्रियको तयारीमा जुट्ने नवनिर्वाचित अध्यक्ष विरेन्द्रविक्रमले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी धनप्रसाद राइले नवनिर्वाचित संघका पदाधिकारीहरुलाई सफल कार्यकालको वधाइ तथा सुभकामना दिदै तत्काल सातौ राष्ट्रियको तयारीमा जुट्न सुझाव दिएको थिए ।