विजयपुर/स्किल कलेज इटहरीले होटल म्यानेजमेन्टका बिद्यार्थीहरुलाई बिभिन्न जातीहरुको संस्कृतीक पक्षका बारेमा अध्ययन गराउने भएको छ । यसै क्रममा कलेजले इटहरी ६ मा रहेको सिसौना टोलमा थारु समुदायको सास्कृतीक पक्षका बारेमा अध्ययन भ्रमण गराएको छ । कलेजका सञ्चालक पृथ्बीराज पराजुलीले होटल म्यानेजमेन्ट पढ्ने बिद्यार्थीहरुलाई बिभिन्न जातजातीका परिकार,भाषा,भेषभुसा र संस्कृतीका बारेमा जानकारी गराउने उदेश्यले भ्रमण गराईएको बताए ।
कलेजका जन सम्पर्क अधिकृत पर्शुराम बुढाथोकीले अन्य जातीहरुको बसोबार रहेको क्षेत्रमा लगेर जातीय परिकार ,भेषभुषा,भाषा तथा संस्कृतीका बारेमा जानकारी गराउने जानकारी दिए । बिद्यार्थीहरुर्लाइ शिप का साथसाथै परम्परागत कुराहरुको समेत ज्ञान दिने उदेश्यले कार्यक्रम राखिएको बुढाथोकीले जानकारी दिए ।
थारु समुदायमा गराईएको अध्ययन भ्रमणबाट बिद्यार्थीहरुमा निकै उत्साह थपेको उनले जानकारी दिए ।‘हाम्रा हरेक बिद्यार्थी जातीय परिकार बनाउन सक्ने र त्यस जातीका बारेमा जानकारी हुन् भन्ने हाम्रो चाहाना छ’बुढाथोकीले भने । स्किल कलेज ब्यबसायीक शिक्षा अध्ययन गर्ने बिद्यार्थीहरुमाझ लोकप्रिय हुदै गरएको छ ।