पाँचकन्या/मेरिल्याण्ड इङ्लिस स्कुल धरान–१० का विद्यार्थीहरुको युवा क्लब ‘द बेकन’ले सविन राई बचाउ अभियानको रकम सार्वजनिक गरेको छ । अभियानकी कोषाध्यक्ष हिमाल राईले हालसम्म सङ्कलित रकम सार्वजनिक गरिन् े ।

sabinaa

उनले राईको उपचारको लागि हाल द वेकन र धरानका विभिन्न सामाजिक संघ–संस्थाद्वारा १ लाख ८३ हजार २ सय ९२ रुपैयाँ सङ्कलन भइसकेको बताइन् । कोषाध्यक्ष राईका अनुसार सविनको उपचार खर्च गरेर हाल लक्ष्मी बैंक धरानको खातामा १ लाख ५७ हजार ६ सय २२ रुपैयाँ जम्मा रहेको छ । जन्मजात नै पियर रेड ब्लड एप्लासिया रोगले ग्रसित १५ वर्षीय राईलाई उपचार गर्नका लागि ४० लाख रुपैयाँ लाग्ने चिकित्सकहरुले बताएका छन ।

मासिक ३ पटक व्लड फेर्नुपर्ने र मासिक १२ हजार रुपैयाँको औषधी खानुपर्ने भएकाले आर्थिक अभावका कारण सविनको थप उपचार हुन नसकेको द बेकन क्लबका संयोजक मनोज राईले बताए । थप उपचार गर्नका लागि आर्थिक अभाव रहेकाले दाताहरुलाई अभियानमा आर्थिक सहयोगका लागि अपिल समेत क्लबले आग्रह गरेको छ । त्यसका लागि लक्ष्मी वैक धरानको खाता नम्वर ०२३४३००९८३ रकम जम्मा गरिदिन दिन आग्रह गरिएको छ ।