चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते
बाबियाचौर (म्याग्दी)/म्याग्दीको बेनी नगरपालिका–३ गौस्वाँरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
शुक्रबार परेको चट्याङ लागेर अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५ वर्षीया थलकुमारी सुवेदी (सावित्री)को मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए ।
घाइते रुपा कार्की, मनिसरा घिमिरे र चिनु घिमिरेलाई उपचारका लागि राति नै धौलागिरि अञ्चल अस्पताल बागलुङ लगिएको स्थानीय बासिन्दा हिराबहादुर थापाले बताए ।
दुईजना सामान्य घाइतेको घरमै उपचार भइरहेको छ । घटनास्थलमा बेनीबाट प्रहरी टोली गएको छ ।
-रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































