विजयपुर/धरानमा पहिलो सेपाक टेक्रो खेल हुने भएको छ ।एचआईभि संक्रमित बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्येश्यले मैत्रिपुर्ण खेल आयोजना हुन लागेको हो । सेपाक टेक्रा संघ सुनसरीको आयोजनामा हुने मैत्रिपुर्ण खेलबाट उठ्ने रकम संक्रमित बालिबालीकाको शिक्षाका लागि खोलिएको अक्षय कोषमा जम्मा गर्ने आयोजकले जनाएको छ ।
बिहिवार धरानमा आयोजित पत्रकार सम्मेलनमा सेपाक टेक्रो संघका अध्यक्ष बिरेन्द्र बिक्रम लिम्बुले धरान सेपाक टेक्रो टिम र सिंगापुर गोर्खाज सेपाक टेक्रो टिमबिच असोज ७ गते मैत्रिपुर्ण सेपाक टेक्रो च्यारिटि गर्न लागेको बताए । उनले भने–‘यो खेल नेपालमा त्यती प्रख्यात छैन, तर थाईल्यान्ड, मलेसिया, सिंगापुर, ईन्डोनेसिया लगायतका ठांउहरुमा प्रख्यात छ । हामीले सेपाक टेक्रो खेलमा प्रचारप्रसार गर्नका लागि पनि यो खेल प्रदर्शन गर्न लागेका हौं ।’
‘नेपालमा यो खेलको शुरुवात भएको ६ वर्ष भएको बताउदै उनले उपत्यका बाहेक बाहिरका ठांउहरुमा पहिलो पल्ट धरानमा यो खेल हुन लागेको जानकारी दिए । यो खेल भलिबल जस्तै हुने गर्दछ, तर यो खेलमा हातको प्रयोग गर्न पाईदैन भने शरीरका अन्य भागको प्रयोग भने गर्न पाईने खालको खेल नै सेपाक टेक्रो भएको उनले बताए । खेलको प्रचारका लािग विभिन्न विद्यालय तथा कलेजमा गएर खेल सम्बन्धि जानकारी तथा प्रशिक्षण गराउने कार्यक्रम रहेको सघंका सचिब डम्बर राईले बताए ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुनसरीको टिम तयार गरी पुर्वाञ्चलबाट प्रतिनिधित्व हनुे गरी खेलाडी तथा टिम तयारी गरिने समेत सचिव राईले बताए । सोही प्रतियोगितामा धरान पत्रकार टिम, धरान टिम र सिंगापुर गोर्खाज टिमबिच पनि मैत्रिपुर्ण खेल आयोजना हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।