डुङ्गा दुर्घटनामा बेपत्ताको खोजी सुरु
इनरुवा/सुनसरीको प्रकाशपुर–५ स्थित सप्तकोसी नदीमा डुङ्गा दुर्घटनामा बेपत्ता भएकाको खोजी आज बिहानदेखि सुरु गरिएको छ ।
शनिबार श्रीलङ्का टापुबाट यात्रु लिएर आइरहेको डुङ्गा सप्तकोसीमा दुर्घटना हुँदा बेपत्ता भएकाको खोजी आज बिहानैदेखि सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरी खोजी सुरु गरिएको सुनसरीका प्रजिअ मोहन चापागाईंले जानकारी दिए ।
दुर्घटना भएसँगै ३७ जनाको सकुशल उद्धार गरिए पनि अझै बेपत्ताको सङ्ख्या यकिन हुन सकेकोे छैन । डुङ्गा दुर्घनामा १५ जनाभन्दा बढी बेपत्ता भएको स्थानीयवासीले भने पनि बढीमा सात जना बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
-रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































