[caption id="attachment_14598" align="alignnone" width="1024"]
तस्बिरःउपेन्द्र चाम्लिङ[/caption]
धरान / संविधान ‘अपरीवर्तनीय’ भन्ने नै नहुने भएकाले असन्तुष्ट दलहरुलाई समन्वय गरेर समस्या सुल्झाउन मूख्य राजनीतिक दलहरुलाई सुनसरीका बुद्धिजिवीहरुले सुझाव दिएका छन् ।
नेपाल बुद्धिजिवी परिषद् सुनसरीले सोमबार धरानको महेन्द्र क्याम्पसमा गरेको ‘नेपालको संविधान(२०७२’ विषयक विचार

गोष्ठीमा अधिकांस बुद्धिजिवी वक्ताहरुले संविधान कार्यान्वयनमा एकमत हुन आवश्यक रहेको औल्याए । ‘अहिले देखिएका चूनौति समाधन गर्न प्रमुख राजतनीति दलहरुको सहकार्य, समन्वय अपरिहार्य छ ।’ बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष आनन्द आचार्यले भने । उनले कानुन, ऐन, विधेयक पारित हुन बाँकी रहेको अवस्थामा प्रतिपक्ष र सत्तामा बस्ने भन्दा पनि संविधान कार्यान्वयनमा एकमत हुनु पर्ने बताए । ‘यो संविधानमा दुईवटा चूनौति देखिएका छन् । एउटा सर्वस्वीकार्यता र अर्को कार्यान्वयता ।’ आचार्यले थपे, ‘ती चुनौति समाधान गर्न पनि एकता आवश्यक छ ।’
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशोक राईले देशको संकट निकास भनेको संविधान नै भएकाले संविधान संसोधन गरेरै अघि बढ्नु पर्ने बताए । उनले जनतामा संविधान पु¥याउन नसक्नुको नैतिक जिम्मेवारी तीन ठूला दलहरुले नै लिनु पर्ने बताए । ‘त्यसैले पनि सबैको मागलाई सम्बोधन गर्ने तर्फ अघि बढ्नु पर्छ ।’ उनले भने । एमाले जिल्ला सदस्य मुरारी सुवेदीले राज्य पुनर्संरचना ठूलो चूनौतिको रुपमा बताउँदै सिमाङ्कनको कुरा झनै जटिल रहेको बताए । ‘त्योसँग मनोविज्ञान पनि जोडिएको छ । सिमाङ्कनको मुद्दा उठाइयो भने समस्या कहिल्यै समाधान हुँदैन ।’ उनले भने ।
उनले संविधानमा यो छ भनेर जनतामाझमा जानु भन्दा कार्यान्वयन गराउने कुरा लिएर जाने बेला आएको बताए । विपी प्रतिष्ठानका रजिष्टार तथा बुद्धिजिवी परिषद्का पूर्व केन्द्रीय सदस्य तुलबहादुर श्रेष्ठले संविधान सधै भरीको दस्ताबेज नभएको बताउँदै यो क्रमशः संसोधन हुँदै जाने बताए । ‘संविधान सधैभरीको द

स्ताबेज हैन, संविधान संसोधन हुँदै जान्छ । हुनु पनि पर्छ ।’ उनले भने । नेपालको संविधानको प्रस्तावनामै नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न अधिकार दिएको र त्यसमा छुट्टै रुपमा आदिवासी, जनजाति, मधेशी, सिमान्तकृत, दलितहरुको अधिकारसमेत लेखिएको संसारकै उत्कृष्ट संविधान रहेको बताए । उनले थपे, ‘संसारको कुनै पनि संविधानमा आदिवासी, जनजाति, मधेशीको छुट्टै अधिकार लेखिएको हुँदैन् तथापी यहाँको संविधानमा उल्लेख छ ।’
एमालेका जिल्ला अध्यक्ष द्वारिकालाल चौधरीले जातीय राज्य दिन्छु भन्दै राजनीतिक गर्न चाहेको कारण पनि संविधान सर्वस्वीकार्य नभएको बताए । राजनीतिमा माथि उक्लिने रणनीतिका कारण समस्या देखिएको उनको आरोप थियो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका परिषद्का पूर्व केन्द्रीय उपाध्यक्ष एवं एमाले संस्कृति वि

भागका केन्द्रीय सदस्य प्रा.डा. बद्रीविशाल पोखरेलले अहिलेको संविधान अधिकार सम्पन्न संविधान बनेको तर, यसलाई बुझाउने भन्दा पनि सत्ताको खेलकै कारण समस्या आएको बताए । उनले सर्वस्वीकार्य संविधान संसारमा कही पनि नहुने भएकाले ठूला राजनीतिक दलहरुले नै आवश्यक संसोधन गरेर असन्तुष्ट पक्षहरुलाई मिलाएर अघि बढ्नु पर्ने बताए ।
मधेशी नेताहरुले बिखण्डन गर्ने कुरा गरिरहेको उनको आरोप थियो । ‘कस्को माग के कस्तो भनेर अध्ययन नगरे भोलीको भविश्य खतरा छ ।’ उनले भने । जिल्ला परिषद्का अध्यक्ष मोहनकुमार उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा परिषद्का सचिव देवेन्द्र कार्कीले सञ्चालन गरे ।
विराटनगरमा पनि उत्साहजनकरुपमा संविधान दिवश मनाइएको छ । प्रमुख राजनीतिक दल नेपाली काग्रेंसका प्रतिनिधिहरु औपचारिक रुपमा उपस्थित नभएपनि मोरङमा सरकारको नेतृत्व गर्ने दल नेकपा माओवादी केन्द्र र नेकपा एमाले लगायत दलका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
काठमाण्डौमा सरकारले आयोजना गरेको संविधान दिवश मनाउने कार्यक्रम अघोषितरुपमा बहिष्कार गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मोरङमा भने सरकारी कार्यक्रममै सहभागि भएर संविधान निर्माणपछि जनताले प्राप्त गरेको उपलव्धि संरक्षण गर्नुपर्नेमा जोड दिइरहेको थियो । विराटनगरमा आयोजित औपचारिक समारोहमा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी तोयाम रायाले सबैजना एकजुट भएर संविधान कार्यान्वयनमा सहभागि हुनुपर्ने बताए ।
स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, नेकपा एमाले मोरङका अध्यक्ष महेश रेग्मी, माओवादी केन्द्रका मोरङ सहइन्चार्ज गणेश उप्रेती, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्ट, महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख महेन्द्रनारायण यादव लगायतले संविधानले दिएको अधिकार संरक्षण गर्दै थप उपलव्धी हाँसिल गर्न यो संविधान कार्यान्वयनमा लाग्नु आवश्यक रहेको बताउनुभयो ।
यस्तै संविधान दिवशका अवसरमा सोमबार मोरङको पथरीशनिश्चरे क्षेत्रमा विहान विद्यालयका विद्यार्थीको विशेष सहभागितामा र्याली निकालिएको छ । पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा नगरको पथरी बजार परिक्रममा गरी र्याली कोणसभामा परिणत भयो । कोणसभामा, शिक्षक टीनएन ति

म्सिना, महिला प्रतिनिधि राधिका गौतम, पत्रकार विजय खम्बू, राजनीतिकर्मी जहरमान लिम्बू सहितले मन्तव्य व्यक्त गरेका छन् ।
यस्तै झापाको सदरमुकाम भद्रपुरमा पनि मनाइएको छ । सविधान दिवस झापा जिल्ला समारोह समितिले सोमवार विहान भद्रपुर स्थित लेखनाथ चोकबाट वृहत प्रभातफेरी निकालेर अन्तरक्रिया का

र्यक्रम गरी दिवस मनाएको हो ।
चोकबाट निकालिएको ¥यालीले बजार परिक्रममा गर्दै जिल्ला विकास समितिको सभाहलमा पुगी सविधान प्रवचन कार्यक्रम सम्पन्न गरिएको थियो । ¥यालीमा नेपाल स्काउट, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, ओम शान्ती, राजनितिकदल, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
संघीय गठबन्धनद्वारा ’कालो दिन’ भन्दै प्रदर्शन
धरान / मधेसी मोर्चासहित संघीय गठबन्धनले राजधानीलगायतका देशका बिभिन्न स्थानमा संविधान जारी भएको दिनलाई ’कालो दिन’ भन्दै प्रदर्शन गरेको छ । राजधानीमा शान्ति बाटिकामा जम्मा भएका गठबन्धन कार्यकर्ताहरुले कालो

झण्डा प्रदर्शन गरेका थिए ।
प्रदशर्नकारीहरु शान्तिबाटिकाबाट जयनेपाल हुँदै घुमेर फेरी शान्तिबाटिकामा नै आएका थिए । गत बर्ष आजकै दिन नयाँ संविधान जारी भएको थियो । मधेस र थारु क्षेत्र केन्द्रित दलहरुले उक्त संविधानमा असहमति जनाउँदै झण्डे छ महिना लामो आन्दोलन गरेका थिए । त्यस क्रममा करिव ५० जनाको ज्यान गएको थियो ।
त्यसैगरी खोटाङ, रौतहट, सप्तरीलगायतका जिल्लामा पनि गठबन्धनका कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गरेका छन् ।
यता नेपालको संविधान २०७२ जारी भएको एक वर्ष पुगिसक्दा पनि त्यसमा असन्तुष्टि राख्ने दलहरुको माग पुरा नभएको भन्दै विरोधमा संयुक्त मधेशी मोर्चाले विराटनगरमा प्रदर्शन गरेको छ । अपरान्ह मोर्चाका कार्यकर्ताहरुले हातमा कालो झण्डा बोकेर विरोध गरेका हुन् । उनीहरुले आज के हो कालो दिन, हाम्रो माग पुरा गर, संविधान संशोधन गर जस्ता नारा लगाएका थिए ।
पत्रकारहरुले पनि कालो दिवस मनाए

सप्तरीका पत्रकारहरुले भने सोहि दिनलाई कालो दिवसका रुपमा मनाएका छन् । सङ्घीय प्रेस फोरम सप्तरीको अगुवाईमा पत्रकारहरुले कालो दिवस मनाएका हुन् ।

पत्रकारहरुले हात र टाउँकामा कालो पट्टी बाँधेर ब्यानरसहित राजविराजमा प्रभातफेरी सम्पन्न गरेका छन् । राजविराजस्थित नेता चौकबाट निकालिएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो । सभामा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश कुमार झाले संविधानमा देखिएका असन्तुष्टिलाई अविलम्ब सम्बोधन गर्न राजनीतिक दलहरु गम्भीर बन्नुपर्नेमा जोड दिए ।