धरान/बार्सिलोनाले मेसी बिना नै पनि सहज जित हासिल गर्दै ला लिगामा १३ अंक जोड्न सफल भएको छ ।
चोटका कारण अहिले मेसी तीनसातासम्म मैदान बाहिर रहने छन् । शनिबार रातिको खेलमा स्पोर्टिङ गिजोनविरूद्ध ५–० गोल अन्तरले पराजित गर्न सफल भएपछि अंक तालिकासमेत केही फड्को मारेको छ ।
गोजोनलेसमेत बार्सालाई अंक तालिकामा पछ्याइरहेको थियो । खेलमा लुइस सुआरेज र राफिन्हाले पहिलो हाफमा टिमलाई २–० गोल अन्तरले हराउन सफल भएको थियो ।
दोस्रो हाफ ८१ र ८८ मिनेटमा नेइमार चम्किए । अन्तिम मिनेटमा टुरानले गोल गर्दै बार्सिलानालाई फराकिलो गोल अन्तरले हराउन सफल भएको थियो । गिजोन १० खेलाडीमा सिमित बनेको थियो ।
हालसम्म बार्सिलोनाले ६ खेल खेलिसकेको छ । अंक तालिकामा अहिले रियल म्याड्रिड सबैभन्दा माथि छ ।