सर्पको डसाइबाट मृत्यु
रामपुर (पाल्पा)/सर्पको डसाइबाट डेढगाउँ– ६ बस्ने अन्दाजी ३५ वर्षीया कमला फालको आज मृत्यु भएको छ ।
गए राति करिब २ बजे उनलाई सर्पले डसेकोे र बिहानपख छिमेकीलाई खबर गरेपछि स्थानीयवासीले उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको अस्पतालले घोषणा गरेको स्थानीयवासी वीरबहादुर बिसीले जानकारी दिए ।
मृतक फालका श्रीमान् वैदेशिक रोजगारीका लागि गएका छन् ।
-रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































