[caption id="attachment_15627" align="alignnone" width="1024"]? ?[/caption]

धनकुटा /  आफ्नो भाषासंस्कृतिमा आधारित भएर पहिलो विद्यावारीधि गरेको भन्दै आठपहरिया जातिले प्रा डा टङ्कप्रसाद न्यौपानेलाई नागरिक अभिनन्दन गरेका छन् ।  वर्षौंदेखि पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास गर्ने सीमान्तकृत आठपहरिया जातिले आफ्नो भाषा संस्कृतिको संरक्षणमा लागेका डा न्यौपानेलाई सम्मान गरेको जनाएका छन् । भाषा, धर्म, संस्कार, संस्कृति राज्यको गहना हो भन्ने आठपहरिया जातिले पाँच सय वर्षअघि देखि बसोबास गर्दै आएको भनिए पनि मुलुकमा लोकतान्त्रिक व्यवस्थाको स्थापनापछि मात्र आफ्नो अधिकारका लागि सङ्गठित भएका छन् । पहिचानसहितको स्वायत्त क्षेत्र आठपहरिया जातिको माग भए पनि राज्यको सूचीमा सूचीकृत नभएका कारण आफूहरु दुःखी भएको केन्द्रिय समितिका महासचिव सूर्यबहादुर आठपहरियाले बताए । भाषा र लिपिसमेत भएका आठपहरिया किराँत धर्म मान्ने सीमान्तकृत समुदायका रुपमा आफूहरु सूचीकृत हुन सम्बन्धित निकायमा पहल गरिए पनिtanka हालसम्म सूचीकृत हुन नसकेको आठपहरिया समाजका पूर्वकेन्द्रीय अध्यक्ष जमानध्वज आठपहरियाले बताउनुभयो । औपचारिक शिक्षाको क्षेत्रमा धेरै पछाडि रहेका आठपहरिया जातिको श्रीजङ्गा लिपि संरक्षणमा महत्वपूर्ण योगदान पुरियाएकाले डा न्यौपानेलाई नागरिक अभिनन्दन गरिएको आठपहरिया समाजका जिल्ला अध्यक्ष अष्ठबहादुर आठपहरियाले बताए । तत्कालिन श्री ५ रणबहादुर शाहले आफ्नो लिपि खोसेको आरोप आठपहरिया जातिको छ । २०६८ को जनगणनाअनुसार पाँच हजार जनसङ्ख्या रहेको यो जाति हाल ३५ हजारकोे सङ्ख्यामा रहेको संरक्षक सदस्य दिनेश आठपहरिया राईले बताए । डा न्यौपानेलाई ढोलभ्mयाम्टा र बाजागाजासहित धनकुटा सदरमुकाम बजार घुमाएर स्थानीय मार्गाथानमा सम्मान गरिएको थियो ।