हत्या गरेको अवस्थामा गेष्ट हाउसमा महिलाको शव फेला
काठमाडौं /काठमाडौंको भोटेबहालस्थित लुम्बिनी गेस्ट हाउसमा दोलखाकी एक महिलाको शव फेला परेको हो ।
काठमाडौं महानगरपालिका–२२ भोटेबहालस्थित गेस्ट हाउसमा दोलखा बाबरे–९ की राधिका थापाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सोमबार बिहानदेखि नामथर नखुलेको पुरुष र उनी कोठा बुक गरी बस्दै आएका थिए। आफैंले लगाएको सुरुवालले उनको घाँटीमा कसिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी सन्तोष आचार्यले बताए ।
उनीसँगै बस्दै आएका करिब ३५ वर्षका पुरुष भने फरार छन्।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































