कालोबजारी गर्ने पाँच जना पक्राउ
चितवन/जिल्ला प्रशासन कार्यालयले पानीमा कालोबजारी गरेको भन्दै भरतपुरबाट पाँच जना व्यवसायीलाई बुधबार नियन्त्रणमा लिएको छ ।
अधिकतम मूल्य १८ रुपैयाको पानीलाई २५ रुपैया लिई बिक्री गरेको आरोपमा भरतपुर केन्द्रीय बसपार्कबाट न्युएरा प्रोभिजनल स्टोर्स, गुप्ता पान भण्डार, राधिका कोल्ड स्टोर्स, कालीगण्डकी कोल्ड स्टोर्स र आर बिसी फुड एन्ड जुस हाउस सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।
स्थानीय उपभोक्ता अधिकार संरक्षण मञ्चले गरेको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उनीहरुलाई कालोबजारी ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही गरिने जिल्ला कार्यालयका खाद्य निरीक्षक नवीन देउजाले बताए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय र उपभोक्ता अधिकार संरक्षण मञ्चले बजारका खाद्य पसल अनुगमन गरेको छ ।
टोलीले साल्ट टेडिङ कर्पोरेसन लिमिटेडको गोदामसहित आनन्द मार्गका एक दर्जन थोक विक्री गर्ने खाद्य पसल अनुगमन गरेको देउजाले जानकारी दिए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































