विजयपुर/धरान रनको आयोजनामा फागुन १४ गते पाचौ नेवा च्यारेटि ८ के रन हुने भएको छ । सवै भन्दा धेरै धावक सहभागि हुने नेपालकै ठुलो दौड दावि गरिएको ८ के रनमा यस पटक दुई हजार भन्दा वढि धावक सहभागिता गराउने धरान रन संस्थाका कार्यवाहक अध्यक्ष रमु राईले पत्रकार सम्मेलनमा जानकारी गराए ।

[caption id="attachment_16050" align="alignnone" width="1024"]IMG_2722 तस्विरःविकास चाम्लिङ राई[/caption]

पाचौ रन प्रतिायोगिताको लागि प्रचार प्रसार सुरु गरिसकेको पनि उनले जानकारी गराए । प्रचारको लागि हरेक शनिवार धरान ८ स्थित यलम्वर पार्कमा आयोजना हुने धरान रन दौडमा विभिन्न संघ संस्था, क्लव, विद्यालयहरु लागायत संग सहकार्य गरेर ८के रनको प्रचार सुरु गरिसकेको राईले जानकारी दिए । थप प्रचारका लागि झापा स्थित देहि आर्ट ग्यालरि संगको सहकार्यमा वाल आर्ट गर्नुका साथै आर्ट क्याम्पिन गर्ने, विभिन्न च्यारिटि सेपाक टेक्रो , फुटसल खेल, धरानको आन्तरीक हाईकिङ्ग पर्यटन पर्वधन गर्दै हाईकिङ्ग गर्नेे लगायत कार्यक्रम रहेको संस्थाका पुर्व अध्यक्ष मनिष तामाङ्गले वताए ।

दौडको लागि मंसीर एक गते देखि विभिन्न संघ संस्था, क्लव, विद्यालय लगायत वाट र्फम वितरण गरिने पनि उनले वताए । ८के रन वाट उठेको रकम सदा झै सामाजिक कार्यमानै खर्चने आयोजकले जानकारी गाराए ।विभिन्न समुह अन्र्तगत हुने प्रतियोगितामा खुल्ला तर्फ विजेता तथा उपविजेता पुरुष र महिला तर्फका खेलाडिहरुले जनहि क्रमशः ४० हजार, ३० हजार, २० हजार र मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै गरि ४० वर्ष माथिका भेट्रान, १६ वर्ष मुनिका र १२ वर्ष मुनिका विद्याका महिला तथा पुरुष खेलाडिहरुले पुरस्कार स्वरुप ५ हजार, ३ हजार र २ हजार र मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी गराए ।

यस पल्ट पुरुष तथा महिलाको खुल्ला तर्फ प्रतिस्प्रधाको पुरस्कार राशि ३० हजार रुपैया वढाएको संस्थाका सल्लाहकार लोक लिम्वुले वताए । राम्रो स्पोन्सर पाइएमा पुरस्कारको राशि थप वढने पनि उनले वताए ।