तरहरा / पाँचौ अन्तरािष्ट्रय वालिका दिवस २०१६ को अवसरमा इटहरीमा सुनसरी मोरङका महिलाहरु विच फुटवल हुने भएको छ । विकाउज आईएम गल भन्ने नाराको साथमा इटहरीमा महिलाहरु विच फुटवल हुन लागेको हो । प्यालन इन्टरनेशनल नेपालको सहयोगमा राष्ट्रिय जागृती क्लवको आयोजनामा १९ गते वुधवार मैत्रीपूर्ण किशोरी फुटपल प्रतियोगिता हुने भएको हो ।

footbal

पाकिस्तानकी १७ वर्षकी किशोरी मलाला युसुफ जाई ‘वाल शिक्षा अभियानकर्ताको अन्तराष्टिय महिला व्यक्तित्व’ भएको भन्दै विश्वभर अन्तराष्ट्रिय वालिका दिवस मनाईदै आएकोले इटहरीमा पनि फुटवलको आयोजना गरेको कार्यक्रम संयोजक केशव कार्कीले वताए ।मलालालाई आतंकवादीले गोली हान्दा समेत उनी बालिका शिक्षाको वकालत गर्ने काममा लागिरहेकी छिन् । मलाला पाकिस्तानी बालअधिकारवादी कार्यकर्ता हुन् । मलालाको जन्म १९९७ मा पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको स्वात जिल्लामा भयो । उनी पाकिस्तानको मिंगोरा शहरमा आठ कक्षाकी छात्रा हुन् । अन्तर्रा्ष्ट्रियस्तरमा बालअधिकारको वकालत गर्ने संस्था किड्स राइट्स फाउण्डेशनले उनलाई अन्तर्रा्ष्ट्रिय बाल शान्ति पुरस्कारको लागि नामाङ्कन गरेको थियो, उनी यस्तो पुरस्कारको लागि नामांकित पहिलो पाकिस्तानी बालिका हुन ।दक्षिण अफ्रीकाका नोबेल पुरस्कार विजेता देस्मुंड टूटू एम्स्टर्डमले नेदरल्याण्डमा एक समारोहमा २०११को यस नामांकनको घोषणा गरे, तर युसफ यो पुरस्कार जित्न सफल भइनन् ।

मलालाले तालिबानको धम्कीको बावजुद बालिकाहरूलाई शिक्षित गर्ने अभियान चलाइरहेकी छिन्। यही कारण तालिबान आतंककारीहरूले उनलाई आफ्नो हिट लिस्टमा राखेका थिए । अक्टोबर २०१२ मा, मंगलबारको दिनमा करीब सवा १२ बजे स्वात घाटीको कस्बे मिंगोरामा विद्यालयबाट फर्किरहेको समयमा आतंककारीहरूले हमला गरेका थिए।पाकिस्तानको आदिबासी तथा द्वन्द्वग्रस्त स्वात उपत्यकामा जन्मिएकी पस्तो परिवारकी युसुफजाईलाई महिला शिक्षाको वकालत गरेकोमा तालिबानले सन् २०१२ मा टाउकोमा गोली हान्दा पनि बाँच्न सफल भएकी थिइन् ।

उनलाई वर्ष २०१३ मा भाइटल भोइसेज ग्लोवल लिडरसिप एवार्ड, इन्टरनेसनल पिस एवार्ड, क्लिन्टन ग्लोवल सिटिजन एवार्ड, इन्टरनेसनल इक्वालिटी एवार्ड, नेसनल युथ पिस पुरस्कारहरू पनि प्रदान गरिएको छ । त्यस वेला देखि उनको नाममा अन्तरािष्टय वालिका दिवस मनाईदै आएको छ ।