संखुवासभा / उल्लासको उत्कृष्ट डिफेन्सले अमरको टिमले हार बेहो¥यो । १७,१८,१२ को सेटमा अमर बिष्ट र मोहन कटुवाललाई पराजीतगर्दे उल्लास बिसुङखे र मुनुहाङ गुरुङको जोडीले दोस्रो नरबहादुर बिष्णुमाया स्मृति जिल्लास्तरीय व्याडमिन्टन कपको उपाधी हात पारेको छ । जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगित ाबुधबार बिहान खाँदबारीस्थित पशु सेवा कार्यालयको प्राङगणमा फाइनल खेल सम्पन्न भएको थियो । बिजयी टिमलाई १५,१० र ५ हजार नगद, टूफी,प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । पुरस्कार बितरण गर्दै प्रमुख जिल्लाअधिकारी खुमकान्तआचार्यले जिल्लामा व्याडमिन्टन प्रति युवापुस्ताको क्रेज बडेको भन्दै यसले कुलतमा लाग्ने युवालाई खेलकुदमा आकर्षित गराएकोमा व्याडमिन्टन संघ र बिजयी खेलाडीलाई शुभकामना दिए । प्रतियोगितामा छत्रमण कटुवाल, प्रनिस श्रेष्ठ र रुद्र श्रेष्ठ, निराकार बज्रचार्यको टिम पोलबाट तेस्रो भएका थिए । प्रतियोगितालाई दोस्रो नरबहादुर बिष्णुमाया स्मृति प्रष्ठिानले प्रायोजन गरेको थियो । असोज १६ गते शुरु भएको खेलमा जिल्लाका ३६ टीमको सहभागिता रहेको व्याडमिन्टन संघका अध्यक्ष प्रबिन शेर्पाले बताए । थियो ।