फिफाको नम्बर एक अर्जेन्टिनासमेत फिफाको कारबाहीको दायरामा
धरान/फुटबलकाे सर्बाेच्च निकाय अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) ले ११ देशका फुटबल एसोसिएसनलाई कारबाहीको दायरा ल्याएको छ ।
फिफाको प्रशासकीय विभागले ११ देशका फुटबल एसोसिएसनलाई कारबाही गरेको हो । कारबाहीका क्रममा फिफाले होन्डुरस, एल साल्भाडोर, मेक्सिको, क्यानडा, चिली, ब्राजिल, अर्जेन्टिना, पाराग्वेय, पेरु, इटाली र अल्बानियालाई जरिवाना तिराएको हो।
विश्वकप २०१८ को छनोट खेलको क्रममा समर्थकको व्यवहारको कारण देखाउँदै फिफाले ती देशहरुलाई कारबाहीसहित जरिवाना गरेको जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































