इनरुवा / सुनसरी सदरमुकाम इनरुवा–५ महेन्द्रचोकमा आइतबार मध्यराति भीषण आगलागी आगलागी हँुदा करिब १५ लाख बराबरको क्षति भएको छ स्थानीयवासी सीताराम पाठकको दन्तकाली सप्लायर्स अर्थात् रक्सीको थोक पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा को१२प २८५६ नंको पल्सर मोटरसाइकल सहित विभिन्न ब्रान्डका रक्सी, बियर, रेडबुल लगायत सामग्री पूर्ण रुपले जलेर नष्ट भएको छ ।
आगलागी स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । कसैले व्यक्तिगत रिसइबी साध्न बाहिरबाट पेट्रोल छर्केर आगो लगाएको पीडित पक्षको आरोप छ ।
रक्सीको थोक पसलमा आगलागीः पन्ध्र लाख क्षति
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































