जर्मनीमा प्लान्ट विस्फोटमा एकको मृत्यु, छजना अझै वेपत्ता
फ्रान्कफर्ट (जर्मनी)/पश्चिमी जर्मनीको लुबिगसाफेनस्थित एक रसायन उत्पादक प्लान्ट विस्फोट हुँदा एक जनाको मृत्यु भएको र छ जना हराइरहेका यहाँको वास्फ कम्पनीले जनाएको छ ।
घटनामा छ जना घाइते भएका जनाइएको छ ।
रसायन उत्पादन गर्ने प्लान्टमा रहेको पाइपमा आगो लाग्दा विस्फोट भएको र विष्पोटपछि विशाक्त ग्यास बस्तीमा फैलिएको र नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भनी प्लान्ट रहेको क्षेत्र वरपरका मानिसलाई घरबाट बाहिर ननिस्कन र ढोका लगाएर घरभित्रै बस्न कम्पनीले अनुरोध गरेको छ ।
लुबिगसाफेन फ्रान्कफर्टदेखि ८० किलोमिटर दक्षिणपश्चिममा अवस्थित जर्मन सहर हो । रासस/एएफपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























