dsपथरी/मोरङको केरौन–१ स्थीत जहदामा स्थापित नव प्रगतिशिल समाज सेवा क्लबले ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकप–२०७३’ को आयोजना गर्ने भएका छन् । मंगलबार जनजागृती सामुदायीक वनको भवनमा पत्रकार सम्मेलन गर्दै शनिबारबाट फुटबल प्रतियोगिता सुरु हुने जनाएको हो ।

क्लबले नेपालीहरुको महान चाँड दशै तिहारको अवसरपारेर दशै र तिहारको विचको समयमा विगत देखिनै फुटबल खेल आयोजना गर्दै आएको छ । क्लबले सुरुमा लगातार फुटबल प्रतियोगिताको आयोजना गरेता पनि यस पटक चार बर्षको अन्तरमा फुटबल प्रतियोगिता हुन लागेको हो । फुटकल खेल कात्र्तिक ६ गते देखि १३ गते सम्म संचालन हुने आयोजकले बताएका छन् ।खेलमा चर्च ब्जाइज काठ्माडौँ,न्यू स्टार फुटबल क्लब सुनसरी, रानी पुलिस क्लब विराटनगर,हिम कस्तुरी यूवा क्लब सिराह,पाथीभरा ए.पि.एफ क्बल झापा,धनकुटा फुटबल क्बल धनकुटा, बसाह फुटबल क्लब उद्यपुर र आयोजक नव प्रगतिशिल समाज सेवा क्लब सहभागी हुने भएको छ ।

राष्ट्रको नाम कहलिएको फुटबल क्लबहरु गोल्डकपमा समावेश नभएता पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु क्लबमार्फत आउने क्लबको अध्यक्ष भुपाल श्रेष्ठले बताए । उनले भने–‘ग्रामिण क्षेत्रको खेलाडी र फुटबल क्लबहरुलाई प्रोहत्सान दिर्दै राष्ट्रिय स्तरमा पुर्याउने उदेश्य रहेको छ ।’‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकप–२०७३’खेलको विजेता टिमलाई १ लाख ११जहार १सय ११ रुपैया र उपविजेता टिमलाई ५५ हजार ५ सय ५५ रुपौया र ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गर्ने भएको छ । खेलमा दैनिक २३ हजार बरावरको म्यान अफ द म्याच, खेलको फाइनलमा १५ हजार बरारको म्यान अफ द सिरिज र बढी गोल गर्नेलाई १५ हजार नगदले पुरस्कृत गरिने खेल संयोजक चरण गुरुङले बताए । खेललाई सफल बनाउन १० लाख खर्च लाग्ने र फुटबल खेलमा दैनिक ५ हजार देखि ७ हजार र फाइनलमा १५ हजार दर्शकले फुटबल खेल अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

फुटल खेल सफल बनाउन दर्शकहरुलाई सहयोग स्वरुप रु २० को टिकट लिने तयारी गरेको क्लबको सचिव दिपक थापाले बताए । जनजागृती सामुदायीक वनको संरक्षित खेल मैदान अहिले प्याराफिट निमार्ण,घेराबार, गेट निमार्ण जस्ता कार्यक्रमहरु तिव्ररुपमा भैरहेको छ । खेलको प्रमुख प्रयोजक होटल युनिक एण्ड प्रुडेन्शियल ट्राभल्स एण्ड टुर्स प्रालि काठ्माडौँ,सह प्रायोजक पाराङहा कोरियन भाषा प्रशिक्षण केन्द्र बेलबारी र गोर्खा डिपार्टमेन्ट स्टोर रहेको छ । अन्य सहयोगिहरु केरौन गाविस,तेज सिमेन्ट तथा हारतीमाता सप्लायर्स, सायर सप्लायर्स इटहरी, बि. एन्ड. पी. स्र्पोटर्स इटहरी,जनगागृती साकोस केरौन,सिंहदेबी मावि केरौन कोरीया,अमेरीका,जापन र कतारमा रहेको केरौनबासीहरुले आर्थिक सहयोग गरेको बताएका छन् । खेलमा प्राविधिक सहयोग मोरङ फुटबल संघ र जिल्ला विकास खेलकुद समिति मोरङ रहेको छ । शनिबारको उद्घाटन खेल आयोजक नव प्रगतिशिल समाज सेवा क्लब र बसाह फुटबल क्लब, उदयपुर विच खेल हुने बताइएको छ । २०५४ सालमा स्थापना भएको क्लबले भिजिट नेपाल १९९८ कप, मनमोहन स्मृति रनिङ गोल्डकप–२०५६,स्व.जयनाथ स्मृति कप–२०५८,शान्ति कप–२०६१,प्रथम जहदा च्यालेन्ज कप–२०६६,दोस्रो जहदा च्यालेन्ज कप–२०६७ र तेस्रो जहदा च्यालेन्ज कप–२०६८ प्रतियोगिताको आयोजना गरिसकेको छ ।