महेन्द्रनगर/ महेन्द्रनगरको राजावासमा चौथो राजावास क्षेत्रीय फुटबल प्रतियोगिता बिहीबार शुरु भएको छ ।तिहार तथा छठ पर्वको शुभअवसरमा राजवास युथ क्लबको आयोजनामा शुरु भएको खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भु आचार्यले गरेका थिए । उद्घाटन खेलमा शून्य–५ गोलको अन्तरले बक्लौरी विजयी भएको छ । उदयपुरको बसाहा क्लब र बक्लौरी फुटबल क्लबबीच खेल भएको थियो । खेलका म्यान अफ द म्याच बक्लौरी फुटबल क्लबका निशान लिम्बू भए । यो प्रतियोगिताको फाइनल कात्तिक ११ गते हुने आयोजक कमिटीले जनाएको छ ।