संविधानलाई सहमतिको दस्तावेज बनाउनुपर्ने–बडू
जनकपुरधाम/नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधान संशोधनको तयारी सकारात्मक ढङ्ग अघि बढेको बताएका छन् ।
नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउँदै उनले संविधान संशोधनको समस्यालाई छिटो टुङ्ग्याउन इमानदारी आवश्यक भएकाे बताए ।
संविधानलाई सहमतिको दस्तावेज बनाउन सबै पक्ष गम्भीर भई वार्ता र संवादबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले संविधान संशोधन गर्दा समग्र राष्ट्रिय एकताको भावनालाई ध्यानमा राख्नुपर्ने खाँचो औँल्याए ।
संविधान संशोधनका लागि समय तोक्नुभन्दा पनि कहाँ, कति, के संशोधन गर्ने त्यसमा केन्द्रित हुनु जरुरी भएको धारणा राख्दै उनले यथाशीघ्र संविधान संशोधनको टुङ्गो लगाउनुपर्ने बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































