धरान/स्वास्थ्यमन्त्री गगन थापाले नेपालीहरुलाई आधारभूत स्वास्थ्य सेवा दिनको लागि गुणस्तरीय स्वास्थ्य सेवाको कार्यायोजना बनाउनै पर्ने बताएका छन् । [caption id="attachment_18985" align="alignnone" width="960"]gagana Photo: Blast/Bhojraj Shreshtha[/caption] अखिल नेपाल चिकित्सक संघको २७ औं सम्मेलनका क्रममा मन्त्री थापाले गुणस्तरीय स्वास्थ्य सेवाको लागि छलफल र नयाँ ढङ्गबाट सोच्ने बेला आइसकेको बताएका छन् । उनले जति अन्य क्षेत्रका मानिसहरु गम्भिर हुनुपर्छ त्यो भन्दा बढी गम्भिर भएर चिकित्सक तथा डाक्टरहरु नै लाग्नु पर्ने बताए । ‘किनकी तपाईहरुप्रति सबैको विश्वास आश्था छ । त्यो आश्थालाई कायम राख्न सबैभन्दा बढी संवेदनशील डाक्टरहरु नै हुनुपर्छ ।’ उनले भने । उनले जनताको स्वास्थ्यको सम्बन्धमा स्वास्थ्य मन्त्रालको मात्रै हो भनेर जिम्म दिने प्रवृति गलत भएको बताए । त्यसको अन्त्य हुनु पर्ने बताउँदै अघिल्लो सरकारले पुर्याउने भनेको कुराहरुलाई पूरा गर्न आफू कटिबद्ध रहेको उनले बताए । मन्त्री थापाले चिकित्सकहरुमाथि हुने हातपातलगायतका गम्भिर प्रकृतिका घटनामा सरकार पनि ‘जेल विथआउट बेल’ को कानुन बनाउने पक्षमा रहेको बताए । सरकारले अबका दिनमा निजी मेडिकल कलेज पढेकाहरुको हकमा पनि सरकारी अस्पतालमा काम गर्ने नीति तयार पार्न लागेको बताए । उनले भने ‘स्वास्थ्यमा अव निजी पढेकाहरु पनि अनिवार्य रुपमा सरकारी अस्पतालमा काम गर्ने वातावरण सिर्जन ागर्ने छौं । त्यसको तयारी भइरहेको छ । छलफल भइरहेको छ ।’ उनले प्रत्येक नेपालीको स्वास्थ्य बीमा गर्ने विषयमा सरकार गम्भिर भएर लागिरहेको बताए । तर, नेपालीहरुलाई आधारभूत स्वास्थ्य सेवा दिइरहँदा, निशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहदा त्यसको परिधिहरु, त्यसका परिभाषाहरुलाई स्पष्ट पार्नसमेत जरुरी हुँदै गएको बताए । कार्यक्रममा नेपाल चिकित्सक संघका निर्वतमान अध्यक्ष डा. अञ्जनीकुमार झाले सरकारले दिर्घकालीन स्वास्थ्य नीति अवम्बलन गर्दै प्राथमिक उपचार केन्द्रमासमेत दक्ष जनशक्ति पुर्याउनु पर्ने बताए । राज्यले गम्भिर प्रकृतिका रोगहरुका उपचारमा पूर्ण सहुलियत दिने वातावरणसमेत बनाउनुपर्ने उनले बताए । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासले सरकारले प्रतिष्ठानलाई कि स्वायत्त संस्था भन्नु पर्यो कि सरकारले स्वामित्व लिएर सञ्चालन गर्न आग्रह गरे । संघका नवनिर्वाचित अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, डा. उपेन्द्र महतोलगायतले स्वास्थ्य सेवा सबैको पहुँचमा हुने वातावरण सिर्जना गर्नु पर्ने बताए । महतोले निजी क्षेत्रबाट पनि यसको जिम्मेवारी लिनु पर्ने बताए । कार्यक्रम तीनदिनसम्म सञ्चालन हुने छ । जहाँ हालका वैज्ञानिक प्रविधिहरुका बारेमा कार्यपत्रलगायत प्रस्तुत हुने संघका सदस्य एवं कार्यक्रममा सभापति डा. मोहनचन्द्र रेग्मीले बताए ।