denguधरान/धरानमा फेरि नयाँ डेंगू रोगी फेला परेका छन् । धरान–१६ को एक घरमा दुईजनामा डेंगू देखिएको हो ।धरान–१६ प्रगतिलाइनका भीम प्याकुरेल र उनका १८ वर्षीय छोरा नवीन प्याकुरेलमा डेंगूको जीवाणू फेला परेको चिकित्सकहरुले बताएका छन् । चिकित्सकको निगरानीमा भीमको घरैमा र नवीनको बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।

उनीहरुलाई शुक्रबार साँझ एक्कासी कामज्वरो आएपछि जाँचको लागि प्रतिष्ठान पुग्दा डेंगूको जीवाणू फेला परेको थियो । ‘एक्कासी कामज्वरो आयो । चेक गर्दा डेंगूको जीवाणु फेला प¥यो’, उपचाररत् भीमले भने, ‘छोरालाई पनि उही समयमा भेट्टाएको थियो ।’मङ्गलबार प्रतिष्ठानका चारजना चिकित्सकहरु भीमको घरमा पुगेर अवस्थाबारे निरीक्षण गरेका छन् ।

घरमासमेत परीक्षण भइरहेको भीमले फोनमार्पmत् जानकारी दिए । छोराको अवस्था केही गम्भीर रहेको उनले बताए । यसअघि पनि धरान–१६ कै १३ वर्षीया जीना राईमा डेंगूको जीवाणु फेला परेको थियो ।