धरान/नेपालमै जन्मिएको आधार पेश गरेर नागरिकता टोलीमा ठूलोबुबा (बडाबा) को सिफारिसमा एक भारतीय नागरिकले नागरिकता लिएको खुलेको छ ।उनी भारतमा जन्मिएको पुष्टि गर्ने कागजात ब्लाष्टसँग भए पनि धरान–३ मा जन्मिएको आधार पेश गरेर भारतीय नागरिक साहिद अनवर अन्सारीले नेपाली नागरिकता लिएका हुन् ।
अन्सारीसँग भारतीय नागरिकतासमेत रहेको स्वयम् उनले बताएका छन् । कुनै पनि व्यक्तिले एक देशको नागरिकता लिइसकेपछि अर्को देशको नागरिकता लिनुलाई नेपालमा कानूनी रुपमा अपराध मानिन्छ । यस्तो अवस्थामा यी व्यक्तिले कुनै एक देशको नागरिकता त्याग्नुपर्ने नेपालको कानूनमा उल्लेख छ । अन्सारीले धरान–३ का बडाबा यार मोहम्मदको सिफारिसमा नागरिकता लिएका हुन् ।यार मोहम्मदले पनि भतिजलाई नागरिकता दिलाएको स्वीकार गरे । ‘मैले भतिजलाई नागरिकता दिलाइदिएको हो ।’ उनले फोन सम्पर्कमा भने । उनले समेत भतिज भारतमा जन्मिएको बताए । अन्सारी इकबाल अहमदका छोरा हुन् ।
उनी पनि हाल नेपालमै छन् तर हालसम्म उनले भने नेपाली नागरिकता पाएका छैनन् । अनवर भारतको उत्तर प्रदेश राज्यअन्तर्गत देवरिया जिल्ला थाना लारबजार भरटौलिया टोला अन्सार नगरका स्थायी बासिन्दा हुन् । सन् २००५–००६ मा भारतमा गरिएको परिवार गणनामा उनको नाम प्रष्टसँग उल्लेख गरिएको छ । त्यस बेला उनी २१ वर्षको भएको उल्लेख गरिएको छ ।तर, यता भने जन्मको आधारमा उनले नागरिकता लिएको प्रष्टिने आधारहरु धरानको इलाका प्रशासन कार्यालयमा सुरक्षित छ । न्सारीले आपूm नेपालमै जन्मिएको दावी गरेका छन् । ‘म नेपालमै जन्मिएको हो ।’ उनले दावीका साथ भने ‘तर कति सालमा जन्मिएको ?’ भन्ने प्रश्नमा उनले जवाफ दिन सकेनन् । एक स्रोतका अनुसार उनी नेपालमा नभई भारतमै जन्मिएका हुन् र करीब १७ वर्ष पहिलेदेखि नेपालमा आउजाउ गरिरहेका छन् । विगत केही वर्षदेखि भने उनले नेपालमै व्यवसाय गरेर धरान–९ बगैँचा लाइनमा घरसमेत किनिसकेका छन् । उनले करीब सात वर्षअघि नागरिकता बनाउने टोलीमा नेपालमै जन्मिएको भूmटो विवरण पेश गरेर नागरिकता लिएका हुन् ।अहिले उनको नागरिकताको विषयमा धरानको इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।
उनी भारतीय नागरिक रहेको र त्यहीँको नागरिकता लिएको भन्दै एकजना नातेदारले उनीविरुद्ध किटानी जाहेरी दिएका थिए तर प्रहरीले हालसम्म जाहेरी दर्ता गरेको छैन । इप्रकाले आपूmलाई बोलाएर सामान्य सोधपुछ मात्रै गरेको अन्सारी स्वयम्ले बताए ।
‘मेरो नागरिकता इलाकामै छ । तीन–चार दिनअघि बोलाउनुभएको थियो । गएर मैले सबै कुरा बताइसकेको छु र नागरिकता पनि दिएर आएको छु ।’ उनले भने ।भारतीय नागरिकता भए–नभएकोबारे जिज्ञासा राख्दा उनले आपूmसँग भारतीय नागरिकता केही समय अघिसम्म रहेको बताए । भारतीय नागरिकता त्यागेको÷नत्यागेको विषयमा उनले प्रष्ट पार्न सकेनन् । इप्रकाले यसबारेमा अनुसन्धान भइरहेको र दोषी देखिएमा कानूनी कारवाहीको भागिदार हुने बताएको छ । प्रहरीले इलाका प्रशासन कार्यालयमा समेत कागजात बुभ्mने कार्य गरिसकेको पाइएको छ ।‘केही दिनअघि उक्त कागजात माग भएको थियो ।
हामीले यहाँबाट सक्ने सहयोग गरिसकेका छौँ’, इप्रका धरानका प्रमुख जयराम श्रेष्ठले भने, ‘भारतीय नागरिकले बडाबाको नाममा नागरिकता लिन पाउँदैन । यदि त्यस्तो हो भने कारवाही हुन्छ ।’ उनका अनुसार सरसर्ती हेर्दा जन्मको आधारमा टोलीबाट तीनजनाको सनाखतमा नागरिकता दिइएको देखिन्छ । अहिले इलाका प्रहरी कार्यालयले सम्बन्धित निकायबाट वास्तविकता माग्ने कार्य भइरहेको डीएसपी ढकेन्द्र खतिवडाले बताए । ‘वास्तविकता बुभ्mने काम भइरहेको छ ।’ उनले भने ।