ilamधरान / इलाममा जन्मिएर धरानलाई कर्मथलो बनाउदै आएका इलामेलीहरुले आफ्नो जन्मथलोलाई प्रवद्र्धन गर्न ‘धरानमा इलाम’ कार्यक्रम गर्ने भएको छ ।  आगामी पुस ९ र १० गते धरानको मुटु भानुचोकमा हुने कार्यक्रममा इलामको भूगोल बाहेक इलामबारे सबै जानकारी धरानमा दिन लागेको आयोजक संस्था इलामेली समाज सुनसरी–मोरङका अध्यक्ष कृष्ण शाहले जानकारी दिए । भूगोलबाहेक इलामको शैक्षिक, सांस्कृतिक, राजनीति, उत्पादन, पर्यटन र इतिहास पनि झल्किने किसिमको तस्बिरको माध्यमबाट, दृश्यको माध्यमबाट हामी प्रस्तुत गर्ने तयारी रहेको शाहले बताए । यो कार्यक्रमले इलामेबारे धरानेहरुले अझ बढि बुझन पाउने र इलामको पर्यटन प्रवद्धन गर्न लागेको उनको भनाई थियो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा सांस्कृतिक कार्यक्रमका साथै विभिन्न स्टल राखेर इलामको जानकारी दिइने छ । स्टलमा इलामको १२ वटा गन्तव्य, बजारमा आइसकेका गन्तव्यहरु तथा लुकेर रहेका नयाँलगायत २० गन्तव्यको तस्बिर राख्नुका साथै होडिङ बोर्डमार्फत जानकारी गराइने समाजका सचिव देवि गौतमले जानकारी दिए । चिया, चिज, दुधलगायतका उत्पादनहरु प्रदर्शनी तथा बिक्री कक्षका रुपमा राखिने छ । इलाममा मात्रै रहेका लेप्चा, उनीहरुको संस्कृति, राई लिम्बुलगायत सबै किसिमको संस्कृतिलाई प्रर्दशन गरिने बताइएको छ । सरकारले घुमफिर बर्षमनाईरहेको बेला यस्तोकार्यक्रमले स्थानियस्तरमा पर्यटन प्रवद्धन हुने आयोजकले बताएको छ । कार्यक्रमका लागि उद्योग वाणिज्य संघ इलाम, होटल व्यवसायी संघ, पूर्व नेपाल पर्यटन सरोकार समिति इलामलगायतका संस्थाहरुले सहयोग गरेका छन् ।