धरान / राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको परीक्षाफल बिहीबार साँझ प्रकाशित गरेको छ । बोर्डले प्रकाशित गरेको नतिजा अनुसार ११ मा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ४९.२० प्रतिशत परीक्षार्थी पास भएका थिए ।
नतिजा अनुसार १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएका छन् । परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी थिए । यसअघि मंसिर २१ गते बोर्डले ११ कक्षाको आंशिक तर्फको नतिजा प्रकाशित गरेको थियो । बोर्डले गत जेठ पहिलो साता कक्षा ११ को परीक्षा सञ्चालन गरेको थियो । परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार बोर्डले ११ कक्षामा १ विषयमा अनुत्तीर्ण भएका परीक्षार्लाथीको माघ ८ गते मौका परीक्षाको लिने छ । परीक्षाको नतिजा १६०१ मा डायल गरेर सुन्न सकिन्छ । यसैगरी बोर्डको वेबसाइट http://neb.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिन्छ ।