sunkosiधरान /काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको बा १२ च ८८९७ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा खसेको छ । जीप खस्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

दुर्घटनास्थलमभा अहिले पनि उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार कसरी नदिमा खस्यो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।