oooविराटनगर/विराटनगर–१४ स्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पतालले प्रथम वार्षिकोत्सवका अवसरमा आइतबार विविध कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवका अवसरमा अस्पतालले रक्तदान, निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रममा ७० युनिट रगत सङ्कलन भएको छ भने शनिबार र आइतबार गरी ३ सय २० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

वार्षिकोत्सवका अवसरमा बोल्दै अस्पतालका अध्यक्ष रुपेश अधिकारीले अस्पतालले प्यारालाइसिस, हड्डी खिइएको, नशा च्यापिइएकालगायतका गरी एक वर्षमा १३ हजार २ सय बिरामीलाई सेवा प्रवाह गरेको जानकारी दिए ।अस्पतालले १३ वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको उनले जनाए । कार्यक्रमको उद्घाटन एमालेका नेता शेरधन राईले गरेका थिए ।

कार्यक्रममा उनले राष्ट्रलाई स्वस्थ बनाउन चिकित्सा पद्धति महत्वपूर्ण रहेको बताए । उनले स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पतालले प्रदान गरेको सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रवाह गर्नेमा आपूm विश्वस्त रहेको बताए ।यस्तै कार्यक्रममा सांसद् ऋषिकेश पोखरेल, बुद्धिजीवी मोरङका अध्यक्ष टीका पुरी, युवासङ्घका केन्द्रीय सचिव परशुराम बस्नेत, काङ्ग्रेसका नगर सभापति भीम पराजुलीलगायतले प्राकृतिक चिकित्सालाई राज्यले बेवास्ता गरेको बताए । कार्यक्रममा डाक्टर सुनिलकुमार पौडेलले प्राकृतिक चिकित्सा पद्धतिबारे जानकारी दिएका थिए ।