Shekhar-photoधरान/ आवरहोम इङ्लिस बोर्डिङ स्कुल धरान–१९ ले ब्लाष्टकर्मी एवं रमाइलो शनिबार र शिक्षा र बालबालिका पृष्ठ संयोजक शेखरनाथ जोगीलाई सम्मान गरेको छ ।

पत्रकारिताको माध्यमबाट शैक्षिक विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरेको हो । स्कुलका अध्यक्ष देव सुब्बा, प्रिन्सिपल गम्भीरमान तामाङ, धरान–२ स्थित नेशनल एकेडेमीका प्रिन्सिपल शालिकसतासक राई, नेशनल एकेडेमीका अध्यापक सुरज मेवाहाङ राईलगायतले खादा र सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष सुब्बाले धरानलगायत पूर्वाञ्चलभरिका विभिन्न शैक्षिक गतिविधिलाई आम जनतामाझ प्रस्तुत गरी शैक्षिक विकासमा योगदान पु¥याएवापत सम्मान गरिएको बताए । उनले विद्यालयले मन्टेश्वरी शिक्षामा जोड दिँदै अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै गएको बताए । कार्यक्रममा बोल्दै सम्मानित जोगीले आफूलाई यस क्षेत्रमा हौसलासँगै चुनौती पनि थपिएको बताए । यसैबीच विद्यालयले शुक्रबार नै क्रिसमसको अवसर पारेर चित्रकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा कक्षा–७ की विनिता राई पहिलो, उपमा राई दोस्रो र स्नेहा लिम्बू तेस्रो भए ।

कार्यक्रममा नेशनल एकेडेमीका प्रिन्सिपल राई, दन्तकाली एफएमका तिर्थ कार्कीलगायतले पुरस्कार वितरण गरे । कार्यक्रमको सञ्चालन शिक्षिका लक्ष्मी लिम्बूले गरेकी थिइन् ।