विजयपुर / धरान उच्च माविले नियतवश आपूmहरुको भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थीहरुले उच्च माविलाई कारवाही गर्न माग गरेका छन् । विज्ञान सङ्कायको प्रथम त्रैमासिक परीक्षा दिइसकेपछि सो विषय पढ्न नपाउने भन्दै उच्च मावि गैरजिम्मेवार बनेको सो सङ्कायमा अध्ययनरत् सुस्मिता गुरुङ, पूजा लिम्बूसहितका चार विद्यार्थीले बताएका छन् । सुस्मिता, पूजा र उनीहरुका अभिभावक नरेश राईले जारी गरेको विज्ञप्तिमा धरान उच्चका प्रिन्सिपल सुनीलकुमार भगतले एक वर्ष व्यवस्थापन सङ्काय पढेपछि विज्ञान विषयकै प्रमाणपत्र दिने भन्दै मानसिक तनाव दिएको उल्लेख छ । ‘विद्यालयले हाम्रो भविष्यमाथि खेलवाड गरेको छ, सम्बन्धित निकायसँग कारवाही र क्षतिपूर्तिको माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा सञ्चारमाध्यमले पनि आपूmहरुको समाचारलाई प्राथमिकता नदिएको भन्दै दुःख व्यक्त गरिएको छ । धरान उच्चका प्रिन्सिपल सुनीलकुमार भगतले भने विद्यार्थी र आपूmहरुबीच समझदारी भइसकेको बताए । उनले विद्यार्थीहरुको एसएलसीको प्राप्ताङ्कअनुसार विज्ञान विषय पढ्न नपाउने तथ्य आपूmहरुले जानकारी गराएको बताए । शुरुमै किन जानकारी नदिएर समस्या सृजना गरियो भन्ने जिज्ञासामा भगतले शुरुमा आपूmहरुलाई सो कुरा जानकारी नभएको जवाफ दिए ।