विमानस्थल निर्माणको काम सुरु भएन
सन्धिखर्क/अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवती विमानस्थलको शिलान्यास भएको छ महिनासम्म पनि काम सुरु भएको छैन ।
सन्धिखर्क नगरपालिका–१३ धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको विमानस्थलको गत असार १३ गते तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरेका थिए ।
शिलान्यास भएको छ महिना बितिसक्दा पनि विमानस्थल निर्माणको काम सुरु नै नभएपछि विमानस्थल बन्छ र छिटोछरितो यात्रा गर्न पाइएला भनेर आश गरेर बसेका अर्घाखाँचीवासी अब विमानस्थल नबन्ने त हैन भनेर चिन्ता व्यक्त गरेका छन् । जिल्लावासी अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहबामा गएर हवाई यात्रा गरिरहेका छन् । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































