पाँचकन्या/ धरान–१२ स्थित एम्स एकेडेमीमा आइतबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । एकेडेमीका प्रिन्सिपल मित्र तामाङको अध्यक्षतामा भएको प्रतियोगितामा निशान राई पहिलो, साङमा खापुङ दोस्रो, मौसमी कार्की तेस्रो र रविन खत्री सान्त्वना भए ।
‘युवा र राष्ट्रियता’ शीर्षकमा भएको प्रतियोगितामा १२ जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगिताका निर्णायकहरूमा एकेडेमीका अध्यापकहरू मोहन पाठक, नवराज राई र इन्द्र पौडेल रहेका थिए ।
पहिलो, दोस्रो र तेस्रो, सान्त्वना हुने विद्यार्थीहरूलाई वार्षिक कार्यक्रममा पुरस्कृत गरिने डाइरेक्टर मिलन राईले बताए । कार्यक्रममा अध्यापक मनकुमार राई, दिभा श्रेष्ठ, एकेडेमीका ओमू राईलगायतको उपस्थिति थियो ।