धरान/बच्चाहरुलाई सानैदेखि पौष्टिकजन्य फलफुल खानुपर्छ भन्ने भावना जागृत गराउन अभिमुखिकरण गराउँदै सुनसरीको तरहरामा फलफूल दिवस मनाइएको छ ।
तरहरामा रहेको किड्स ह्याप्पी होम् नाम मन्टेश्वरीले फलफूल दिवश मनाएको हो । दशजना विद्यार्थीहरुबाट चारवर्ष अघि सुरु गरेको तरहराकै पहिलो मन्टेश्वरीमा हाल एकसय २५ विद्यार्थीहरु छन् । विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप गराउने क्रममा फलफूल दिवस मनाइएको प्रिन्सिपल रिता भुषालले बताइन् ।
भुषालले अनुसार कार्यक्रमको उदेश्य नै विद्यार्थीहरुमा धेरै भन्दा धेरै फलफूल खानुपर्छ भनेर जागरण ल्याउनु हो । कार्यक्रममा बिभिन्न फलफूलको चित्र बनाई फलफूल बच्चाहरुलाई खुवाएर अतिरिक्त क्रियाकलाप मध्ये फलफूल दिवस मनाइएको थियो ।