धरान/निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीले २७ औं स्थापना दिवसको अवसरमा अपाङ पुनस्र्थापना गृहलाई खाद्यान्न तथा ह्विल चियर मार्ग निर्माण गरिदिएका छन् ।
[caption id="attachment_23362" align="alignnone" width="1024"]
प्याब्सन सुनसरीले धरानको अपाङ पुनस्र्थापना गृहमा खाद्यान्न वितरण गर्ने क्रममा । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
प्याब्सनले आइतबार धरान–४ स्थित गृहलाई १५ हजार रुपैयाबराबरको खाद्यान्न, फलफूल प्रदान गरेको छ । त्यस्तै ह्विल चियर हिड्नको लागि १० हजार रुपैया खर्चेर सहज मार्गसमेत निर्माण गरिदिएका छन् । गृहमा करिव २७ जना अपाङ तथा असहाय बालबालिका, वृद्धवृद्धाहरु बस्दै आइरहेका छन् । गृहका सञ्चालक भीम राईलाई प्याब्सन सुनसरीका अध्यक्ष सुमित थापाले खाद्यान्न लगायत फलफूलहरु हस्तान्तरण गरे ।
स्थापना दिवसको अवसरमा प्याब्सनले हरेक वर्ष जिल्लाभरीका विभिन्न अनाथ आश्रम, वृद्धा आश्रमसँगै असहाय, निसहायहरुलाई सहायेग गर्ने गरेको अध्यक्ष थापाले बताए । उनले रक्तदान कार्यक्रमसमेत गर्दै आएको बताए । प्याब्सनले देशव्यापी रुपमा स्थापना दिवस मनाउने गरेको छ । प्याब्सनका जिल्ला कार्य समितिका पदाधिकारीहरुको सहभागितामा सामग्री हस्तान्तरण गरिएको थियो ।