मधेसको माग छिट्टै पूरा हुनेः अध्यक्ष ठाकुर
गौशाला/तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेसको माग छिट्टै पूरा हुने बताएका छन् ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज तमलोपाको नयाँ पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले अब मधेसको माग पूरा हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।
सोही अवसरमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले एमालेसहितका दलले संसद् अवरोध अथवा अन्य कुनै कार्यक्रम गरेर पनि अब मधेसलाई अधिकार प्राप्तिबाट रोक्न नसक्ने दोहो¥याए ।
उनले वर्तमान संविधान अपूरो र अधुरो रहेको तथा कसैले पनि संविधानको गलत व्याख्या गरेर कसैको अधिकार प्राप्तिमा रोक लगाउन नसक्ने भएकाले मधेसले पाउनुपर्ने सबै अधिकार दिलाएरै विराम लिने बताए ।
उनले वर्तमान सरकारलाई संविधान संशोधनको विकल्प नरहेको र सबै नेपालीलाई समान हक अधिकार दिन संविधान संशोधन नगरी नहुने भएकाले सरकारले छिट्टै संविधान संशोधन गर्नेमा सबैलाई विश्वस्त रहन आग्रह गरे ।
अध्यक्ष ठाकुरले संविधान संशोधन बिना देशले निकास नपाउने र केही दलले चाहँदैमा सरकारले संविधान संशोधनको प्रक्रिया नरोक्ने तथा छिट्टै सम्पूर्ण नेपालीको माग पूरा हुने गरी संविधान संशोधन हुने बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































