धरान/ एप्लाष्टिक एनिमिया रोगबाट पीडित धरान–३ की १५ वर्षीय नइसा शाक्यको उपचारको लागि देश–विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ ।विश्व श्रेष्ठको पहलमा दक्षिण कोरियाबाट सोमबार २ लाख १ रुपैयाँ सहयोग प्राप्त भएको छ । नइसा शाक्य बचाउ अभियान टोलीलाई सोमबार धरानस्थित निकेतन उच्चमावि स्कुल परिसरमा सहयोग हस्तान्तरण गरिएको छ । गत शुक्रबारसम्ममा १६ लाख २४ हजार एक सय ४१ रुपैयाँ विभिन्न देशबाट प्राप्त भइसकेको विश्वले बताए ।
यस्तै निकेतन उच्चमाविका २०६० सालको ब्याचका विद्यार्थीले २४ हजार एक सय ७० रुपैयाँ, अमेरिकाबाट दीप भट्टराईले २० हजार, युकेबाट सञ्जोग लिम्बूले ५ हजार रुपैयाँ सोमबार सहयोग गरेका छन् ।यस्तै युकेबाटै रम मगरले ५ हजार, जापानबाट गीता तामाङले १२ हजार ५ सय, दुबईबाट रिकेश दाहालले १० हजार र निकेतनकै तारा प्रधानले एक हजार रुपैयाँ सहयोग गरेको बचाउ अभियानका संयोजक विश्वबन्धु ताम्राकारले बताए । शाक्य डेढ महिनायता उक्त रोगबाट ग्रसित छिन् ।
उनको काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ । हालसम्म उनको उपचारमा १२ लाख रुपैयाँ खर्च भइसकेको नइसा शाक्य बचाऊ अभियानका प्रतिनिधि मणिकुवेर श्रेष्ठले बताए । एप्लाष्टिक एनिमिया ब्लडक्यान्सरकै एउटा रुप हो ।नइसा निकेतन स्कुलमा कक्षा १० मा अध्ययनरत् छिन् ।
हाल उनले इन्जेक्सनमार्पmत् औषधि लिने गरेकी छिन् । चिकित्सकहरुको भनाइ उद्धृत गर्दै श्रेष्ठले जनाएअनुसार यस्तो रोगमा दुई तरिकाले उपचार गर्न सकिन्छ । एउटा इन्जेक्सनमार्पmत् तीन महिनासम्म औषधि प्रयोग गरेर रोगलाई केही नियन्त्रण र दोस्रो बोनम्यारो ट्रान्सप्लान्टमार्पmत् रोग निर्मूल गर्न सकिन्छ ।