नवजात शिशु मृत फेला
पाँचथर/पाँचथरको सिदिन–४ मा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
स्थानीयवासी २१ वर्षीया रमिला राईले जन्माएर फालेको भन्दै उनलाई र घटनामा संलग्न फिदिम–१ बस्ने २८ वर्षीय केवर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका दुवैलाई मङ्गलबार जिल्ला अदालत पाँचथरबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धानको कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































