तेह्रथुम  / नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले नेपाल र नेपाली जनताको हितमा रहेको संविधान कार्यान्वयन हुन नदिन भारतले भुमिका खेलिरहेको आरोप लगाएका छन । सरकारको काम संविधान संसोधन गर्ने नभई कार्यान्वयन गर्ने हुनु पर्नेमा पुष्पकमल दाहाल नेतृत्वको सरकार भारतको इसारामा संविधान संसोधन गर्न उत्साहित भएको ढकालले बताए । तेह्रथुमको आठराईस्थित चुहानडँडामा संविधान कार्यान्वयनका लागि जनपरिचालन सम्वन्धी दुई दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख सचेतक ढकालले भारतको ठाडो हस्तक्षेपका कारण नेपाली राजनीति समेत संकटमा परेको बताए । राष्ट्रिय एकता, समृद्धि र स्वभिमान, संविधानको कार्यान्वयन एमालेको अभियान भन्ने नाराका साथ आठराई गाउँ पालिकाको ३५ वर्षिय विकास र समृद्धिको रणनीति तयार पारिने नेपालेले बताएको छ । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले तेह्रथुमको विकास र समृद्धिका लागि रणनीतिक योजना सम्वन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।