इलाम/इलाम एकतप्पा–३ का एक समाजसेवीले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा क्याम्पसका लागि १९ रोपनीभन्दा बढी जग्गा दान दिनुभएको छ ।
एकतप्पा–३ का पुष्पनारायण श्रेष्ठले आफ्ना स्वर्गीय बुबा चन्द्रबहादुर र आमा लीलामायाको स्मृतिमा एकतप्पा बहुमुखी क्याम्पसका लागि रु १० लाख मूल्य पर्ने जग्गा दान दिनुभएको हो । जग्गाबाट प्राप्त आम्दानीले बहुमुखी क्याम्पस सञ्चालनका लागि ठूलो टेवा पुग्ने क्याम्पस प्रमुख तीर्थराज मिश्रले बताउनुभयो ।
-रासस