काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई स्थानीय तहको निर्वाचनको तयारीमा रहनु भन्नेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका आधारमा आगामी जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने गरी मिति घोषणाको तयारीमा सरकार रहेको जानकारी प्रमुख आयुक्त यादवलाई गराएका थिए।
प्रधानमन्त्री र आफूबीच स्थानीय तहको निर्वाचन बारेमै केन्द्रित रहेर छलफल भएको बताउँदै प्रमुख आयुक्त यादवले भने –“निर्वाचन कानुन, मिति घोषणा हँुदा र नहँुदाको जटिलता, निर्वाचनका लागि गर्नुपर्ने प्राथमिकताका कामकारबाहीबारे पनि हामीबीच विस्तृत र गहन कुराकानी भयो ।”
सो अवसरमा प्रधानमन्त्री दाहाललाई प्रमुख आयुक्त यादवले आयोगले आगामी फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउन लागेका बारेमा पनि जानकारी गराएका थिए।
रासस प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच निर्वाचनबारे छलफल

रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।