उर्लाबारी/ उर्लाबारी बहुमुखी क्याम्पसको पुस्तकालय भवन निर्माणका लागि संसद् विकास कोषबाट ४० लाख रुपैयाँ प्राप्त हुने भएको छ । मोरङ–९ का सभासद् डिकबहादुर लिम्बूले रकम दिने घोषणा गरेका हुन् । यस क्षेत्रको जेठो सार्वजनिक शिक्षण संस्थाका रूपमा स्थापित सो क्याम्पसमा भएको पुस्तकालय भवनलाई व्यवस्थित गर्न मोरङ जिल्ला विकास समितिमार्पmत् संसद् विकास कोषको सो रकम विनियोजन भएको हो । क्याम्पस प्रमुख भीमप्रसाद लामिछानेले चालू आर्थिक वर्षभित्र भवन निर्माण पूरा गरी पुस्तकालयलाई व्यवस्थित गर्ने बताए । क्याम्पसको शैक्षिक भवन निर्माणका लागि भारतीय दूतावासमा ५ करोड बराबरको योजना पेश गरेको उनले जनाए । सभासद् लिम्बूले पुस्तकालयको निरीक्षण गरी शैक्षिक तथा पूर्वाधार विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सोही अवसरमा क्याम्पस प्रशासनले शैक्षिक सुधारका विषयमा व्यवस्थापन समिति, प्राध्यापक र विद्यार्थीबीच अन्तत्र्रिmया गरेको छ । सो अन्तत्र्रिmयाबाट आगामी दिनमा क्याम्पसको दीर्घकालीन स्रोत खोजी गरी शैक्षिक र आर्थिक क्षेत्रमा मजबुत बनाउने निर्णयसमेत गरिएको छ । कार्यक्रममा सभासद् लिम्बू तथा काङ्ग्रेसका क्षेत्रीय सभापति खड्ग फागोलगायत सहभागी थिए ।