विराटनगर/ विद्याकी देवी सरस्वतीको पूजा गर्दै बालबालिकालाई अक्षराम्भ गराउने दिनको रुपमा श्रीपञ्चमी पर्व विराटनगरको युरो किड्स नेपाल उच्च माध्यमिक विद्यालयले विशेष कार्यक्रमसहित मनाएको छ । विद्यार्थीहरुका लागि आयोजना गरिएको अतिरिक्त कार्यक्रमका उत्कृष्ट विद्यार्थीहरुलाई सो अवसरमा पुरस्कार वितरण पनि गरिएको छ ।
अभिभावकसहित विद्यार्थीहरुलाई आमन्त्रण गरेर विद्यालयले सरस्वती पूजा गरेको थियो भने अभिभावकहरुलाई विद्यालयको क्याम्ब्रिज शिक्षा पद्धतिको बारेमा जानकारी गराइएको थियो । बालबालिकाहरुलाई शिक्षा आरम्भ गराउने दिनको रुपमा लिइने श्रीपञ्चमीकै अवसरमा विद्यालयले मन्टेश्वरी सेक्सनमा नयाँ भर्ना पनि खोलेको जानकारी गराएको थियो । सो अवसरमा विशेष छुटको प्रवन्ध गरेको प्रिन्सिपल आदित्य त्रिपाठीले जानकारी दिए । विद्यार्थीहरुले सरस्वती स्तुती गाएर शुरु भएको कार्यक्रममा विद्यालयले प्रारम्भ गरेको नयाँ कोर्षको बारेमा अन्तत्र्रिmया गरेको थियो ।
विद्यार्थी तथा अभिभावकहरुका लागि विभिन्न प्राविधिक विषयहरु फेसन डिजाइन, फिजिकल फिटनेश, जिम आदि कक्षाहरु सिटिइभिटीबाट सम्बन्धन लिएर कक्षा चलाउने विद्यालयले जनाएको छ । विगत लामो समयदेखि उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको सो विद्यालयले विविध साँस्कृतिक तथा साङ्गीतिक कार्यक्रम पनि आयोजना गरेको थियो ।